बैंकिङ खबर । कालिका माइक्रोक्रेडिट डेभलपेमन्ट बैंक लिमिटेडका सेयरधनीले २१.२१ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले २१.२१ प्रतिशत बोनस सेयरका साथमा कर प्रयोजनका लागि नौ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांस समे्त वितरण गर्ने प्रस्ताव अघि सारेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी आठ करोड २५ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीको २१.२१ प्रतिशतले हुने एक करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेपछि बैंकको चुक्तापुँजी १० करोड रुपैयाँ पुग्नेछ ।