Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबल आईएमई बैँक र इरसल मनि ट्रान्सफरबिच रेमिट्यान्स सम्झौता

admin २०७३ बैशाख २४ गते
सेयर:

gimeग्लोबल आइएमई बैंकले साउदी अरेवियाको अलनिमाको इरसल मनि ट्रान्सफर सेवासंग मिलेर नेपालमा रेमिट्यान्य पठाउन सुरु गरेको छ । साउदी अरेवियाबाट नेपाल भित्रिने रेमिट्यान्स कारोबार सहज होस भन्ने उद्धेश्यले यो सेवा सुरु गरेको बैँकले जनाएको छ । यो सेवा सुरु भएसंगै अब साउदी अरेवियामा रहेका नेपालीहरुले अलनिमा बैंकको इरसल मनि ट्रान्सफर सेवाका ५० वटा एजेन्टहरु मार्फत नेपालमा आफ्ना आफन्तलाई सजिलैसँग पैसा पठाउन सक्नेछन् । यसरी पठाएको पैसा देशभर रहेका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरु र एस रेमिटका एजेन्टहरु मार्फतबाट तुरुन्त भुक्तानी गर्न सकिने छ । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै युएई, कतार, बहराईन, भारत, अष्ट्रेलिया, जापान, मलेसिया, दक्षिण कोरीयाल लगायतका मुलुकहरुका बैंक तथा एक्स्चेन्ज हाउसहरुसंगको सहकार्यमा रेमिट्यान्स कारोबारलाई विशेष प्राथमिकतामा राखी सेवा प्रदान गर्दै आईरहेको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।