८० करोड रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले निक्षेपमा २१.०८ प्रतिशत वृद्धि गरी ७ अर्ब ९ करोड ३० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा २१.३९ प्रतिशत बढी अर्थात् ६ अर्ब ४२ करोड ३४ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, फाइनान्सको खुद व्याज आम्दानी २५.७६ प्रतिशत बढेर २८ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४१ दशलमव ७२ प्रतिशतले बढेर २१ करोड ४८ लाख रुपैयाँ पुगेको छ । फाइनान्सले प्रोभिजनमा ४ करोड रुपैयाँ राखेको छ भने ८७ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।
फाइनान्सको निस्कृय कर्जा ०.८९ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १६.०३ प्रतिशत रहेको छ । त्यस्तै, फाइनान्सको प्रतिशेयर आम्दानी २४.९९ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात १३.६० गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १५१.३२ रुपैयाँ र तरलता अनुपात २३.६७ प्रतिशत रहेको छ ।