सिइडिबी हाइड्रो फण्डले साधारण सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले १७ करोड ६१ लाख रुपैँया बराबरको साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनिले एक सय रुपैँया अंकित मूल्य कायम रहने गरी १७ लाख ६१ हजार कित्ता साधारण शेयर जारी गर्ने तयारी गरेको हो । हाल एक अर्ब रुपैयाँ अधिकृत पुँजी रहेको फण्डले शेयर बैंकले बिक्री प्रबन्धकका रुपमा एनसिएम मर्चेन्ट बैंकिङलाई तोकेको छ ।
नेपालमा जलविद्युत आयोजनाको प्रवद्र्धन र विकास गर्न क्लिन इनर्जी डेभलपमेन्ट बैंकद्धारा २०६६ मंसिर १५ गते सिइडिबी हाइड्रो फण्ड स्थापना गरिएको हो । विभिन्न जलविद्युत आयोजनामा लगानी तथा निर्माण गने उद्देश्यले यो कम्पनी स्थापना गरिएको हो । यस कम्पनीद्धारा प्रवद्धित ३ वटा जलविद्युत आयोजनाहरु संचालनमा रहेका छन् । कम्पनीबाट प्रबद्र्धित ४.४ मेगावाटको राधी जलविद्युत आयोजना, १ सय ८३ किलोवाटको साङ्गे जलविद्युत आयोजना र ४ मेगावाटको खुदि जलद्यिुत आयोजना संचालनमा रहेका छन् । त्यस्तै, यसको १०.३ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना, ५ मेगावाटको गाड जलविद्युत आयोजना र ११ मेगावाटको तल्लो खरे खोला जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेका छन् । ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना बारेमा अध्ययन गरिरहेको कम्पनीले जनाएको छ ।