चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा हिमालयन बैंकले १ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ४६.३९ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा ९० करोड १५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
बैंकले निक्षेपमा गत वर्षको तुलनाभन्दा १७.६४ प्रतिशतले वृद्धि गरि ८० अर्ब ८७ करोड ७८ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा १८.१५ प्रतिशत बढी अर्थात् ६५ अर्ब २८ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै खुद व्याज आम्दानी २६.३८ प्रतिशतले बढेर २ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ पुगेको बैँकको सञ्चालन मुनाफा ४८.३७ प्रतिशतले बढेर २ अर्ब ५ करोड ५५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्राभिजनमा ७ करोड २३ लाख रुपैयाँ राखेको जनाएको छ ।
बैंकको प्रति शेयर आम्दानी ३९.१० रुपैयाँ रहेको छ भने मुल्य आम्दानीेको अनुपात ३३.५१ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ८४ रुपैयाँ रहेको छ । बैंकको तरलता अनुपात २५.४७ प्रतिशत रहेको छ । निष्कृय कर्जातर्फ ०.२६ प्रतिशत बढेर ४.५४ प्रतिशत पुगेको छ । जोखिमयुक्त सम्पति भने ०.८६ प्रतिशतले घटेर ६.८० प्रतिशतमा कायम भएको छ ।