निर्धन उत्थान बैंक लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सहभागितामा तीन दिने तरकारी खेती तालिम सम्पन्न गरेको छ । मंसिर ११ गतेदेखि १३ गतेसम्म बारा जिल्लाको सिम्रौनगढमा सम्पन्न तालिममा सिम्रौनगढ शाखाका २० जना ग्राहक सदस्यहरु सहभागी भएका थिए ।
निर्धन उत्थान बैंकले देशभरीका १७८ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १८९ वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा प्रदान गरिरहेको छ । बैंकले आठ अजार ९१ जना ग्राहक सदस्यहरुलाई ब्यवसायिक रुपमा परियोजना कर्जा प्रदान गर्ने योजना बनाएको छ । यसको साथै थप छ सय जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम र थप सात सय ५० जनालाई सीप विकास तालिम प्रदान गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ ।
निर्धन उत्थान बैंक शाखा संञ्जालको हिसाबले देशको दोश्रो ठूलो बैंक बन्न पुगेको छ । बैंकले २०७४ असोज मसान्तसम्ममा दुई लाख ९८ हजार पाँच सय ६८ घरपरिवारहरुमा सेवा पूर्याईरहेको छ । यो अवधिमा ग्राहक सदस्यहरुका छ अर्ब ६८ करोड रुपैयाँ बचत परिचालन गरेको बैंकको लगानीमा रहेको कर्जा १२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।


