२०७४ मंसिर ११ गते

स्वाभिमान माइक्रोफाइनान्सद्धारा बीमा क्षतिपूर्ति हस्तान्तरण

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मृतक ग्राहकको परिवारलाई बीमा क्षतिपूर्ति हस्तान्तरण गरेको छ । संस्थाको शाखा कार्यालय बनगांई कपिलवस्तू अन्र्तगत भइपूरा महिला समाज केन्द्र नं. ०४ कि सदस्य लक्ष्मी कूम्हालको गत भदौ १८ गते सर्पदंशका कारण मृत्यू भएको थियो । निजले यस संस्थाबाट भैसीपालन प्रयोजनको लागि एक लाख रुपैयाँ कर्जा लिई कारोबार गरिरहेकी थिइन्  । यस संस्थाबाट मेटलाइफ एलिको (बीमा कम्पनी) संग समन्वय गरी उक्त एक लाख रुपैयाँको बीमा गरेको हुँदा हकवालालाई बीमा क्षतिपुर्ति हस्तान्तरण गरिएको हो ।  

बाणगंगा नगरपालिका वडा नं.७ भइपूरा कपिलवस्तू स्थित भइपूरा महिला समाजमा आयोजित एक कार्यक्रममा सदस्य तथा अभिभावकहरुको रोहवरमा वित्तीय संस्थाका प्रमूख कार्यकारी अधिकृत कृष्ण राज चौधरीबाट बीमा क्षतिपुर्ति तथा कृया खर्च सहितदुई लाख २८ हजार रुपैयाँ मृतकको हकवाला (पति) देबे मूखेलाई हस्तान्तरण गरियो ।