२०७४ मंसिर १० गते

स्वदेशी लघुवित्तको चेतनामूलक सरसफाई कार्यक्रम (फोटोफिचर)

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड केन्द्रीय कार्यालय इटहरी, सुनसरीको आयोजनमा चेतनामूलक वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाको शाखा कार्यालय झोराहाट मोरङ्गको धनपुरा गाउँमा हाल विराटनगर महानगरपालीका वा.न. १९ स्वदेशी लघुवित्तमा कार्यारत कर्मचारी तथा स्थानस्य गरि करीब १००को सहभागितामा पुतलि चेतनामुलक प्रयोग सहित वृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । 

कार्यक्रममा स्वास्थ्य चेतनाको जानकारी दिँदै घर आँगन तथा सडक सफा राख्ने चेतनामुलक सन्देश दिइएको थियो । साथमा उक्त गाउँमा छरिएर रहेको करिब २० बोरा फोहोर तथा प्लास्टिक संकलन गरि डम्पीङ साइटमा व्यवस्थापन समेत गरिएको संस्थाले जनाकारी दिएको छ । उक्त गाउँमा फोहोर र दिशा पिसाब मुक्त क्षेत्र बनाउन उत्प्रेरणा दिइएको बताइएको छ । 

सो अवसरमा स्थानीय बुद्धिजीवि तथा सर्बसाधरणहरुले स्वदेशीले गाउँमा आएर स्वास्थय सम्वन्धी चेतनामुलक उल्लेखनीय कार्य गरेको र आगामी दिनमा समेत यस किसिमका कार्यक्रमलाई स्थानियले निरन्तरता दिने वचनबद्धता प्रकट गरे । 

उक्त कार्यक्रमको समापन गर्दै संस्थाका कार्यकारी प्रमुख पुन्य प्रसाद खनियाले सहभागी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा देशभरी यस किसिमका समाजिक जनचेतना मुलक कार्यक्रमलाई अझ प्रभावकारी रुपमा संचालन गर्ने प्रतिवद्धता ब्यक्त गरे ।