Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आरएसडीसी लघुवित्तको बोनस र हकप्रद सेयर पारित

२०७४ मंसिर ८ गते

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिद्धारा प्रस्तावित लाभांश र हकप्रद सेयर पारित भएको छ । संस्थाको शुक्रबार सम्पन्न चौथोे वार्षिक साधारणसभाले १३ प्रतिशत बोनस सेयर, ०.६८ प्रतिशत नगद लाभांश र पाँच बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन २०७३÷७४ माथि छलफल गरी पारित गरिएको छ । साथमा आर्थिक वर्ष २०७३/७४ को लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा विभिन्न अनुसूचीहरू उपर छलफल गरी पारित गरिएको छ । 

संचालक समितिको प्रस्ताव एवम् साधारणसभाको स्वीकृतिअनुरुप आरएसडीसीले चुक्तापुँजीको १३ प्रतिशतले हुने एक करोड ४९ लाख ५० हजार बराबरको बोनस सेयर र कर प्रयोजनका लागि चुक्तापुँजीको ०.६८ प्रतिशतले हुने सात लाख ८६ हजार आठ सय ८२ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । त्यसपछि कम्पनीले पाँच बराबरको तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ । 

हाल आरएसडीसी लघुवित्तको चुक्तापुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापुँजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ पुग्नेछ । त्यसपछि हकप्रद सेयर जारी गरेर ५७ करोड ५९ लाख २० हजार रुपैयाँ चुक्तापुँजी पुर्याउने योजना लघुवित्तको छ ।