मिर्मिरे माईक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा ८० लाख ९८ हजार रुपैँया खुद मुनाफा आर्जन गरेको छ । सो माइक्रोफाइनान्सले गत वर्षको तुलनामा ३४.१७ प्रतिशतले मुनाफा बढाएको हो । गत वर्षको सोही अवधिमा माइक्रोफाईनासले ६० लाख ३५ हजार रुपैंया खुद नाफा कमाएको थियो
२० करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले १ करोड ९१ लाख ७६ हजार रुपैयाँ जगेडाकोषमा राखेको छ । निक्षेपमा गत वर्षको सोहि अवधिको तुलनाभन्दा ५२.१८ प्रतिशतले वृद्धि गरी २७ करोड ४८ लाख ९४ हजार रुपैयाँ संकलन गरेको छ भने कर्जामा ३२ करोड ९१ लाख ६७ हजार रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ८५.७१ प्रतिशतले बढेर २ करोड ६३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफामा ७८.८४ प्रतिशतले बढेर १ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी वार्षिक ५३.९९ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात वार्षिक ४८.१६ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ९६ रुपैयाँ रहेको छ । बैंकको निष्कृय कर्जा २.२५ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ११.८१ प्रतिशत रहेको छ ।