May 5th, 2016

जनता बैँकमा १.२३ प्रतिशत निष्कृय कर्जा, नाफा २२ करोड ६६ लाख पुग्यो

janata bankचालू आर्थिक वर्षको तेस्रो त्रैमासमा जनता बैंकको खुद मुनाफा अघिल्लो वर्षको तुलनामा ६८.६५ प्रतिशत ले बढेको छ । बैँकले २२ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा बैँकले १३ करोड ४६ लाख रुपैयाँ मुनाफा कमाएको थियो । २ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ५२ करोड रुपैयाँ राखेको छ । निक्षेपमा ४.७६ प्रतिशत वृद्धि गरी २२ अर्ब ८९ करोड ९५ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जा प्रवाहमा १९ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कर्जा ५.५५ प्रतिशतले बढी हो । त्यस्तै, बैँकको खुद व्याज आम्दानी १३.१९ प्रतिशतले बढेर ५३ करोड २५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३ गुणाले बढेर ३० करोड २४ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ८ करोड रुपैयाँ राखेको छ भने ५ करोड २८ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ । जनता बैंकको तेस्रो त्रैमासमा प्रति शेयर आम्दानी १४.६७ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीेको अनुपात २६ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १२५.४५ रुपैयाँ रहेको छ भने तरलता अनुपात २४.९१ प्रतिशत रहेको छ । निष्कृय कर्जा ०.१४ प्रतिशतले बढेर १.२३ प्रतिशत र जोखिमयुक्त सम्पति ०.७७ प्रतिशले बढेर १२.३२ प्रतिशत पुगेको छ ।