May 5th, 2016

एभरेष्ट बैँकको नाफा १ अर्ब २० करोड

everest bankगत वर्षको तुलनामा एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १ करोड रुपैँया मात्रै नाफा कमाएको छ । बैँकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा १ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ । गत गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले यो अवधिमा व्याज आम्दानी ८ करोड रुपैयाँ बढाएर २ अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ । गत वर्ष २ अर्ब ८ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । विदेशी विनिमय कारोबारबाट बैंकले ८ करोड ४२ लाख रुपैयाँ कमाएको छ भने ५ करोड ३० लाख राइटव्याक गरेको छ । 
 
बैंकले निक्षेप ८ अर्ब रुपैयाँ भन्दा बढी र कर्जा लगानी ३ अर्बको हाराहारीमा बढाएको छ । बैंकले चैत मसान्त ७९ अर्ब ८१ करोड रुपैयाँ निक्षेप जम्मा गरेको छ भने ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।