November 14th, 2017

एनालग प्रणालीको विकल्पमा ‘डिसहोम’

रोयल आचार्य/बैंकिङ खबर – एनालग प्रणालीमा सञ्चालित केवुल नेटवर्कहरुको विकल्पमा डिसहोम परेको छ । एनालग प्रणालीलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न केवल कम्पनीहरुलाई सूचना तथा सञ्चार मन्त्रालयले निर्देशन दिए पछि विकल्पको रुपमा डिसहोम स्थापित भएको हो । 

सूचना तथा सञ्चार मन्त्रालयले कार्तिक १३ गते सार्वजनिक सूचना प्रकाशन गरी एनालग प्रणाली बन्द गर्न १५ दिने अल्टिमेटम दिएको थियो । मन्त्रालयले दिएको १५ दिने अल्टिमेटम मंगलबार सकिँदैछ । १५ दिनभित्र एनालग प्रणालीमा सञ्चालित केवुल नेटवर्कहरुलाई डिजिटल प्रणालीमा रुपान्तरण नभए सबै नेटवर्क स्वीच अफ गरिने मन्त्रालयकी प्रवक्ता संगिता ओझाले बताइन् । प्रवक्ता ओझाका अनुसार हाल अनुगमनको कार्य भइरहेको छ । 

सर्वसाधारणको ध्यान डिसहोमतिर
एनालग प्रणालीमा सञ्चालित केवुल नेटवर्कहरुलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्न १५ दिनको समय सिमा राखेर मन्त्रालयले सूचना जारी गरेपछि सर्वसाधारणको ध्यान डिसहोमतिर गएको छ । केवलबाट टेलिभिजन हेर्दै आएकालाई केवलकै डिजिटल प्रविधि महँगो पर्ने भएपछि सर्वसाधारणहरुले विकल्प रोज्न थालेका छन् । यतिबेला सर्वसाधारणको ध्यान अर्को डिजिटल प्रविधि डिसहोमतिर गएको पाइएको छ । सेवा सुविधा तथा खर्चको हिसाबले समेत डिसहोम उत्कृष्ट भएकाले अब केवलको लाइन कटाएर डिसहोम जोड्ने ललितपुर कुपण्डोलका मोहनजंग कार्कीले बताए । ‘अब ग्राहकले घरमा जतिवटा टीभी छन्, त्यति नै वटा सेट–टप बक्स जोड्नुपर्नेछ, अब हरेक टेलिभिजनमा सेट–टप बक्स राखेर सेवा लिएबापत अपरेटरलाई छुट्टै शुल्क तिनुपर्नेछ,’ बैंकिङ खबरसँगको कुराकानीमा कार्कीले भने ‘यो धेरै झन्झट तथा बढी खर्चालु भएकाले म चाहिँ डिसहोम जोड्छु ।’ केवललाई डिजिटलाइज गराउनुभन्दा खर्च तथा गुणस्तर दुबैको दृष्टिकोणले डिसहोम जोड्नु फलदायी हुने उनको भनाई छ । 

काठमाडौं गोठाटार बस्ने सुपक बस्नेतको भनि भनाई उस्तै छ । गुणस्तरीय सेवा साथै खर्च पनि कम लाग्ने हुँदा केवललाई डिजिटलाईज गर्नुभन्दा डिसहोम नै जाड्ने बस्नेतको भनाई छ । आर्थिक भार बढी भएकाले आफूले डिसहोम जोड्ने तयारी गरिरहेको बस्नेतले बताए । 

उदयपुर वेलका नगरपालिका घर भई काठमाडौं कोटेश्वर बस्दै आएका सरोज खतिवडाले केहि दिन अघि नै डिसहोम जोडिसकेको बताउँछन् । ‘म केहि समय अघिसम्म केवल मार्फत टिभी हेर्दै आएको थिएँ’ बैंकिङ खबरसँगको कुराकानीमा खतिवडाले भने– ‘केवल सबै डिजिटलाइज गर्नुपर्ने भएपछि डिसहोम नै रोजेँ ।’ कार्की, बस्नेत र खतिवडा त प्रतिनीधि पात्र मात्रै हुन् । केवल टेलिभिजन प्रयोग गर्दै आएका धेरैले डिसहोम जोड्ने तयारी गरिरहेका छन् । 

विदेशी च्यानलको विकल्प ‘डिसहोम’
विदेशी टेलिभिजन च्यानलहरु क्लीन फिडमा प्रशारण गर्ने तयारी नेपाल सरकारले गरिरहेको छ । क्लीन फिड नीति लागु भएसँगै बिदेशी च्यानलले नेपालमा बिज्ञापनरहित कार्यक्रम मात्रै प्रसारण गर्न पाउँछन् । अर्थात, यो नियम लागु भएपछि नेपालीहरुले भारतीय तथा अन्य देशका टेलिभिजनबाट प्रसारण हुने विभिन्न कार्यक्रममा बिज्ञापन हेर्नुपर्ने बाध्यता हट्नेछ । यसबाट स्वदेशी विज्ञापन क्षेत्रलाई सोझो फाइदा पुग्नेछ भने विदेशी टिभी च्यानलहरुलाई घाटा लाग्नेछ । तर यो नीति लागु भएपछि विदेशी च्यानलहरुले नेपालमा प्रसारण बन्द गर्न सक्छन् । यस्तो अवस्थामा हिन्दी सिरियलहरु हेर्नबाट नेपाली बञ्चित हुनेछन् । तर यसको विकल्पको रुपमा डिसहोमले विभिन्न टेलिफिल्म तथा कार्यक्रमहरु प्रसारण गर्ने जनाएको छ । क्लीन फिड लागु भए नेपालीहरुले डिसहोम मार्फत त्यस्ता कार्यक्रमहरु हेर्न पाउने कम्पनीले जनाएको छ । 

अहिले डिसहोमको सेवा मुलुकभर सबै जिल्लाका सबै स्थानीय तहसम्म पुगिसकेको छ । डिसहोमले भर्खरै मात्रै ‘डिसहोम सिनेमा घर’ घर नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत हलमा चलिरहेको फिल्म घरमै परिवारसँग बसेर हेर्न सकिनेछ । डिसहोमको यो सेवाबाट समय तथा पैसाको बचत हुनुका साथै फिल्म हल नभएका गाउँघरमा समेत फिल्मको पहुँच पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]