Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आरम्भ माइक्रोफाइनान्सको झन्डै तीन लाख कित्ता आईपिओ आउने

२०७४ कार्तिक १९ गते

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा सम्पन्न भएकोे छ । वित्तीय संंस्थाका अध्यक्ष दिपक तिवारीको सभापतित्व तथा उद्घाटनमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरेको छ । साथमा सभाले आ. व २०७४/०७५ का लागि लेखापरीक्षक समेत नियुक्त गरेको छ । 

संस्थाको जारी पूँजीमध्ये सर्वसाधारण समुहका लागि छुट्याईएको ४९ प्रतिशत अर्थात दुई लाख ९४ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्ने सम्बन्धी प्रस्ताव समेत साधारणसभाबाट सर्वसम्मतिले पारित गरिएको छ । यसका साथै सभाले संस्थाको कार्यक्षेत्र विस्तार गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ ।

आरम्भ माइक्रोफाइनान्सले १६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याई २०७४ असोज मसान्त सम्ममा ९८०० घर परिवारलाई लघुवित्तीय सेवाहरु प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले बताए । संस्थाले हालसम्म रु. ५ करोड ६० लाख रकम बचत संकलन गरी संस्थाको लगानीमा बाँकी रहेको कर्जा रकम रु. ३३ करोड ५२ लाख रहेको बताइएको छ ।