Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

२५ प्रतिशत हकप्रद निष्काशन गर्दै मेगा बैँक

२०७३ बैशाख २२ गते

mega bankमेगा बैंकले २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकको पाचौँ साधारण सभाले आफ्ना शेयरधनीहरुमा २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । शेयर निष्काशनपछि मेगा बैंकको चुक्ता पुँजी ४ अर्ब  ५ करोड हुनेछ । हाल बैैंकको २९ अर्ब निक्षेप र २६ अर्ब कर्जा प्रवाह रहेको छ ।
 
बैंकले हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि ग्लोबल आईएमई क्यापिटललाई विक्री प्रबद्र्धक नियुक्त गरेको छ । बैंकमा आयोजित एक कार्यक्रममा मेगा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अनुपमा खुन्जेली तथा ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख मर्चेन्ट बैंकिङ नलिना श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
 
साथै देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम सञ्जाल, ५३ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा, १४०० स्थानमा मेगा रेमिटको सञ्जाल र १ एक्सटेन्सन काउन्टर रहेको छ ।