Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लक्ष्मी लघुवित्त र स्वदेशी लघुवित्तको मुनाफामा गिरावट

२०७४ कार्तिक १४ गते

बैंकिङ खबर । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । दुवै लघुवित्तले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा मुनाफामा गिरावट आएको विवरण सार्वजनिक गरेका छन् ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड
लक्ष्मी लघुवित्तको मुनाफा ९.४९ अंकले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको लघुवित्तले यस वर्षको सोही अवधिमा दुई करोड २५ लाख रुपैयाँ नाफा कमाएको हो ।  

२४ करोड २० लाख रुपैयाँ चुक्ता पुँजी भएको लक्ष्मी लघुवित्तले जगेडाकोषमा १३ करोड ४१ लाख रुपैयाँ राखिएको छ । निक्षेपमा ६० दशमलव ११ प्रतिशतले वृद्धि गरी ७२ करोड ६६ लाख रुपैयाँ संकलन गरेको लघुवित्तले कर्जामा ४५ दशमलव ०९ प्रतिशतले वृद्धि गरी दुई अर्ब ३२ करोड ६ लाख रुपैयाँ लगानी गरेको छ । 

लघुवित्तको खुद व्याज आम्दानी छ दशमलव ५२ प्रतिशतले बढेर पाँच करोड ९० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा नौ दशमलव ४९ प्रतिशतले घटेर तीन करोड ५३ लाख रुपैयाँ पुगेको छ । लक्ष्मी लघुवित्तले प्रोभिजनमा ४९ लाख रुपैयाँ राखेको छ ।

लघुवित्तको निष्कृय कर्जा शुन्य दशमलव ९३ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १५ दशमलव ४८ प्रतिशत रहेको छ । जसको प्रतिसेयर आम्दानी वार्षिक ३७ दशमलव २१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४३ दशमलव ५४ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ५५ दशमलव ४३ रुपैयाँ र तरलता अनुपात ११ दशमलव २२ प्रतिशत रहेको छ ।

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड
स्वदेशी लघुवित्त वित्तीयको नाफा ५१.१० प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा स्वदेशीले ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

१० करोड रुपैयाँ चुक्ता पूँजी भएको स्वदेशी लघुवित्त वित्तीय संस्थाले जगेडाकोषमा तीन करोड ११ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १४८ दशमलव ४८ प्रतिशतले वृद्धि गरी ४१ करोड ८ लाख रुपैयाँ संकलन गरेको लघुवित्तले कर्जामा ७९ दशमलव ८२ प्रतिशतले वृद्धि गरी एक अर्ब ६४ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ ।

स्वदेशी लघुवित्तको खुद व्याज आम्दानी १४ दशमलव ८१ प्रतिशतले बढेर तीन करोड १० लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३१ लाख रुपैयाँ नोक्सानमा रहेको छ । लघुवित्तले एक करोड ५० लाख रुपैयाँ प्रोभिजनमा राखेको छ भने ७३ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।

लघुवित्तको जोखिमयुक्त सम्पत्ति १० दशमलव ९६ प्रतिशत रहेको छ भने निष्कृय कर्जा एक दशमलव ८० प्रतिशत रहेको छ । त्यस्तै, स्वदेशीको प्रतिसेयर आम्दानी वार्षिकरण १० दशमलव ५० रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षि्किकरण ३४ दशमलव ०१ गुणा, प्रतिशेयर नेटवर्थ १३१ दशमलव ११ रुपैयाँ र तरलता अनुपात ९ दशमलव ४३ प्रतिशत रहेको छ ।