गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष युवराज भण्डारीले सोमबार पद तथा गथोपनियताको शपथ लिएका छन् । भण्डारीले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलसमक्ष शप थलिएका हुन् । गत कात्तिक ९ गते बसेको यस वित्तीय संस्थाको प्रथम वार्षिक साधारणसभाले भण्डारीलाई अध्यक्ष पदमा निर्वाचित गरेको थियो ।
यसका साथै, सोमबार अन्य दुई जना संचालकहरु दिनेश लाल श्रेष्ठ र इन्द्र बहादुर अधिकारीले पनि अध्यक्ष्य युवराज भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिए ।