Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

बैंकिङ क्षेत्रको सूचना पारदर्शी बन्दै, अधिकांश बैंकले तोके प्रवक्ता

२०७४ कार्तिक १४ गते

रोयल आचार्य/बैंकिङ खबर
बैंकिङ क्षेत्रको सूचना पारदर्शी बन्दै गएको छ । मुलुकमा सञ्चालित २८ वाणिज्य बैंकहरु मध्ये २६ वाणिज्य बैंकहरुले बैंकिङ सूचना पारदर्शी बनाउनका लागि प्रवक्ता÷सूचना अधिकारी तोकेका छन् । केहि समय अघिसम्म बैंकिङ सूचना लिनका लागि सम्बन्धित बैंकको प्रमुख कार्यकारी अधिकृत अथवा विभागीय प्रमुखलाई भेट्नुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको छ । बिशेष गरेर बैंकिङ पत्रकारहरुलाई सूचना दिन सहज होस् भनेर बैंकहरुले प्रवक्ता वा सूचना अधिकारी तोकेको बैंकरहरु बताउछन् ।

कुन बैंकको प्रवक्ता÷सूचना अधिकारी को ?
हाल सञ्चालित २८ वटा वाणिज्य बैंकहरुमध्ये २६ वाणिज्य बैंकहरुले आफ्नो बैंकको गतिबिधि तथा सम्पूर्ण सूचना दिनका लागि प्रवक्ता÷सूचना अधिकारी तोकेका छन् । हेर्नुहोस्, कुन–कुन बैंकमा को छन् सूचना अधिकारी वा प्रवक्ता :–

२ बैंकमा तोकिएको छैन
२८ वाणिज्य बैंकहरु मध्ये २६ वटा बैंकमा प्रवक्ता वा सूचना अधिकारी तोकिए पनि दुबई वटा बैंकमा तोकिएको छैन । हाल सम्म नेपाल एसबीआई बैंक र लक्ष्मी बैंकमा सूचना अधिकारी तोकिएको छैन । यि बैंकमा सूचना अधिकारी नतोकिए पनि बैंकको सूचना कम्पनी सचिवले दिने बुझिएको छ । लक्ष्मी बैंकमा सूचना अधिकारी अथवा प्रवक्ता नतोकिएको बैंकमा कार्यरत कर्मचारी रोशन अधिकारीले बताए । ‘प्रवक्ता अथवा सूचना अधिकारी भनेर तोकिएको छैन’ बैंकिङ खबरसँग कुराकानी गर्दै अधिकारीले भने– ‘कसैलाई केहि सूचना चाहियो भने कम्पनी सचिव मार्फत सूचना लिन सकिने व्यवस्था बैंकले गरेको छ ।’ यसैगरी नेपाल एसबीआई बैंकमा पनि हाल सम्म सूचना अधिकारी वा प्रवक्ता तोकिएको छैन । यस बैंकका एक कर्मचारीले दिएको जानकारी अनुसार प्रवक्ता वा सूचना अधिकारी नतोकिए पनि बैंकका कम्पनी सचिव रमेश घिमिरेले आवश्यक पर्ने बैंकिङ सूचना उपलब्ध गराउने गरेका छन् ।