May 3rd, 2016

गुडविल फाइनान्सको नाफा १६.६७ प्रतिशतले बढ्यो

goodwill financeचालू आर्थिक वर्षको तेस्रो त्रैमासमा गुडविल फाइनान्सले खुद मुनाफा १६.६७ प्रतिशतले बढाएको छ । फाइनान्सले ४ करोड ८६ लाख रुपैयाँ मुनाफा कमाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा फाइनान्सले ४ करोड १६ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

३६ करोड रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले निक्षेपमा ३६.२८ प्रतिशत वृद्धि गरी ४ अर्ब १५ करोड ४७ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा ३ अर्ब ५० करोड ७८ लाख रुपैयाँ लगानी गरेका फाइनान्सको खुद व्याज आम्दानी ३.०६ प्रतिशतले बढेर ८ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २३.०७ प्रतिशतले बढेर ५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । फाइनान्सको प्रोभिजनमा १७ करोड रुपैयाँ राखिएको छ ।

फाइनान्सको निष्कृय कर्जा २.३५ प्रतिशत र जोखिमयुक्त सम्पत्ति ११.६६ प्रतिशत रहेको छ । यसको प्रतिशेयर आम्दानी वार्षिक १७.८६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १२.८८ गुणा, प्रतिशेयर नेटवर्थ १२९.३२ रुपैयाँ र तरलता अनुपात ३१.४६ प्रतिशत रहेको छ ।