May 3rd, 2016

फेवा विकास बैंकमा नयाँ अध्यक्ष

fewa bikas bankफेवा विकास बैँकको हालै बसेको संचालक समितिको वैठकले विन्दु कुमार थापालाई संचालक समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । 

गत चैत्र ३० गते सम्पन्न बैंकको आठौं बार्षिक साधारणसभाले आगामी चार वर्षको लागी थापा सहित सस्थापक शेयर धनीहरुको तर्फवाट रामभक्त रञ्जित, जगन बहादुर गुरुङ, सुशिल गौचन र अमर बहादुर के.सी तथा सर्वसाधारण शेयर धनीहरुको तर्फवाट नारायणबहादुर वानिया, रविन्द्र माकाजु र संजिव वानियालाई संचालकमा निर्वाचित गरेको थियो । उक्त साधारण सभाले संचालक समितिको आ.व. २०७१÷७२ को वार्षिक प्रतिवेदन पास गर्नुको साथै आर्थिक वर्ष २०७१÷७२ सम्मको संचित मुनाफावाट चुक्तापूँजीको २१.९० प्रतिशत वोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस शेयर वितरणपश्चात बैंकको कुल चूक्ता पूँजी ९९ करोड ५० लाख रुपैँया पुगेको छ । साथै उक्त सभाले चूक्तापूजीको ३० प्रतिशत (१०:३को अनुपात) हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।

फेवा विकास बैंक लिमिटेडले आ.व. २०७२/७३ को तेश्रो त्रैमाससम्ममा निक्षेप १० अर्ब ६३ करोड रुपैँया, कर्जा ९ अर्ब ३३ करोड रुपैँया र संचालन मुनाफा करीव २६ करोड रुपैँया पु¥याएकोे जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाले गराए । देशको विषम परिस्थितिका वावजुत पनि यस प्रकारको वृद्धिलाई वैकले सकारात्मक रुपमा लिएको छ । 

मिति २०७२ आषाढ २८ गतेदेखि पोखराका दुई उत्कृष्ट वित्तीय संस्थाहरु विश्व विकास वैक लि. र फेवा फाइनान्स लि. एक आपसमा मर्ज भई राष्ट्रिय स्तरको फेवा विकास वैकको रुपमा कारोवार गर्दे आइरहेको छ । वैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरका विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबएएस, एटीएम, एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिन बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समुहमा आवद्घ लघु वित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।