Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

EMV Chip पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक बन्यो सिद्धार्थ बैंक

२०७४ कार्तिक १२ गते

सिद्धार्थ बैंक EMV Chip पूर्ण रुपले परिपालना गर्ने पहिलो नेपाली बैंक बनेको छ । सिद्धार्थ बैंकले नेपाल इलेकट्रोनिक पेमेन्ट सिस्टम (NEPS) सँगको सहकार्यमा EMV Chip संरचनामा स्तरोन्नति गरेको हो । 

विद्युतीय कारोबारको सुरक्षाप्रति सजग रहँदै Magnetic Stripe भएका कार्डहरुमा रहेका कमीकमजोरीहरुलाई हटाउन बैंकले २०७३ सालदेखि नै आफ्ना सबै कार्डहरु EMV Chip कार्डमा स्तरोन्नति गर्दै आएको थियो । यसको सफलतासँगै अब बैंकको ATM र POS ले पनि कार्डमा रहेको EMV Chip लाई नै पढेर कारोबार गर्नेछन् । सिद्धार्थ बैंक पूर्ण रुपले EMV Chip परिपालना गर्ने बैंक भए पश्चात Magnetic Stripe भएको कार्डबाट कारोबार गर्दा हुने जोखिम र ठगी कारोबार  पूर्ण रुपले न्युनिकरण हुनेमा बैंक विश्वस्त रहेको छ ।

बैंकले कार्डको प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरीकाहरुको बारेमा समय समयमा विभिन्न माध्यमबाट ग्राहकहरुलाई सचेत गराउँदै आएको छ, साथै नगद रहित कारोबारलाई प्रोत्साहन र विद्युतीय कारोबारलाई थप सरल र सुरक्षित बनाउदै आएको छ । हाल बैंक ग्राहकको सेवा र सुविधाका लागि १०२ ATM, १ मोबाइल ATM र ५५० भन्दा बढी POS मेसिनद्वारा सेवा प्रदान गर्दै आएको छ ।