Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

छिमेक लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

admin २०७३ बैशाख २१ गते
सेयर:

chhimekचालू आर्थिक वर्षको तेस्रो त्रैमासमा छिमेक लघुवित्त विकास बैंकको नाफामा ७१.८७ प्रतिशतको वृद्धि देखिएको छ । बैँकले ३३ करोड २ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा बैँकले १९ करोड २८ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

५९ करोड रुपैयाँ चुक्ता पँजी भएको बैंकको निक्षेपमा ३९.८२ प्रतिशतले वृद्धि भई ६ अर्ब ७ करोड ८८ लाख रुपैयाँ संकलन भएको छ । बैँकले कर्जामा ९ अर्ब २८ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनमा २९.०९ प्रतिशतले बढी हो । बैंकको खुद व्याज आम्दानी ५२.३२ प्रतिशतले बढेर ७५ करोड ४२ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६९.३० प्रतिशतले वढेर ५१ करोड ३७ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ३ करोड ९६ लाख रुपैयाँ राखिएको छ भने खराब कर्जा १ करोड ४१ लाख रुपैयाँ उठाएको छ ।

बैंकको जोखिमयुक्त सम्पत्ति ३.९७ प्रतिशतले बढेर १४ दशमलव ७२ प्रतिशत रहेको छ भने निष्कृय कर्जा ०.२२ प्रतिशतले बढेर ०.२४ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी ७५.१९ प्रतिशत, मुल्य आम्दानीको अनुपात २४.०७ गुणा भएको बैँकको प्रतिशेयर नेटवर्थ १४६.०२ रुपैयाँ रहेको छ भने तरलता अनुपात २२.५७ प्रतिशत रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।