२०७४ कार्तिक १२ गते

स्मार्ट टेलिकमले पनि सुरु गर्यो फोरजी सेवा

आइतबारदेखि स्मार्ट टेलिकमले पनि फोरजी सेवा सुरु गरेको छ । पहिलो चरणमा काठमाडौँ उपत्यका र पोखरा क्षेत्रबाट फोरजी मोबाइल फोन सेवा सुरु गरेको कम्पनीले जनाएको छ । अन्य स्थानहरुमा पनि छिटै फोरजी सेवा विस्तार गर्ने कम्पनीको योजना छ । 

उपत्यकामा कम्पनीले १५० वटा बिटिएस टावरबाट सेवा संचालन गर्न लागेको स्मार्टले फोरजी सेवा संचालन गर्नका लागि १८०० मेगाहर्ज ब्याण्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी लिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । 

सन् २००८मा स्थापना भएको स्मार्ट टेलिकमको ग्राहक संख्या १३ लाख पुगेको छ । सन् २०१० देखि जिएसएम मोबाइल सेवा समेत संचालन गरिरहेको छ । कम्पनीले ३४ जिल्लाहरुमा सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।

यसअघि नै नेपाल टेलिकम र एनसेलले फोरजी सेवा संचालन गरिसकेका छन् ।