गणपती माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा विहीबार(कात्तिक ९ गते) सम्पन्न भएको छ । संस्थाको सञ्चालक समितिका अध्यक्ष युबराज भण्डारीको सभापतित्वमा उक्त साधारणसभा सम्पन्न भएको हो ।
२०७३ साल मंसिर २४ गते देखि वित्तीय कारोबार शुरु गरेको यस संस्थाले २०७४ साल असोज मसान्तसम्म तीन करोड ७२ लाख ६१ हजार दुई सय १० रुपैयाँ बचत संकलन गरी २५ करोड ८७ लाख ३९ हजार नौ सय ९७ रुपैयाँ ऋण लगानी गरेको जानकारी साधारणसभामा दिइयो । त्यस्तै, संस्थाले १२ जिल्लामा रहेका २० वटा शाखा कार्यालयहरुमार्फत छ हजार एक सय ७७ जना ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गरिरहेको समेत साधारणसभामा जानकारी गराइयो ।
हाल गणपती माइक्रोफाइनान्सको चुक्तापुँजी सात करोड रुपैयाँ रहेको छ ।


