२०७४ कार्तिक ८ गते

मेरो माइक्रोफाइनान्सको अध्यक्षमा सञ्जिब मानन्धर

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सञ्जिब मानन्धर चयन भएका छन् । कम्पनीको संचालक समितिको आज( कार्तिक ८) बसेको बैठकले मानन्धरलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । 

मानन्धर स्थापनाकालदेखि बैंकको सञ्चालक सदस्य थिए । गत असोज ३० मा नुवाकोटमा सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारण सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सदस्य चयन गरेको थियो । सोहीमध्येबाट आज बसेको संचालक समितिको बैठकले मानन्धरलाई अध्यक्ष बनाइएको हो । 

यस्तै, कम्पनीको संचालक समिति सदस्यहरुमा (जनता बैंक नेपाल) का पृथ्वी नारायण श्रेष्ठ, (ग्लोबल आइएमइ बैंक) का आरती राज्यलक्ष्मी राणा र (देब बिकास बैंक लिमिटेड)का नरेश सिंह बोहोरा मेरो माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडको सञ्चालकमा निर्विरोध चयन भएका छन् ।