चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कामना विकास बैंकको खुद मुनाफा २२.६४ प्रतिशतले बढेको छ । बैँकले ६ करोड ५८ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोहि अवधिमा बैँकले ५ करोड ३३ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
३४ करोड चुक्ता पुँजी भएको बैंकले निक्षेपमा अघिल्लो वर्षको तुलनामा २३.५८ प्रतिशतले वृद्धि गरी ३ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ संकलन गरेको छ । कर्जा लगानीमा १९.२२ अंकले वृद्धि गरी २ अर्ब ८४ करोड ७३ लाख रुपैयाँ पुर्याएको बैँकको खुद व्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ११.६० प्रतिशतले बढेर १२ करोड ५२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा २४.०९ प्रतिशतले बढेर १० करोड ३५ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ११ लाख रुपैयाँ राखेको छ ।
१३.८५ प्रतिशत जोखिमयुक्त सम्पत्ति रहेको बैंकमा निष्कृय कर्जा ०.४२ प्रतिशतको रहेको छ ।