May 3rd, 2016

३३ प्रतिशतले बढ्यो पूर्णिमा विकास बैँकको नाफा

purnima bikas bankचालू आर्थिक वर्षको तेस्रो त्रैमासमा पूर्णिमा विकास बैंकले खुद मुनाफा अघिल्लो वर्षको तुलनामा ३३.०६ प्रतिशतले बढाएको छ । २० करोड १७ लाख रुपैयाँ रुपैयाँ चुक्ता पूँजी भएको बैँक ४ करोड १९ लाख रुपैयाँ कमाउन सफल भएको हो । बैंकले अघिल्लो वर्षको सोहि अवधिमा ३ करोड १३ लाख रुपैंया मुनाफा आर्जन गरेको थियो ।

बैंकले निक्षेपमा अघिल्लो वर्षको तुलनामा २३.१६ प्रतिशत वृद्धि गरी २ अर्ब ३ करोड ८२ लाख रुपैयाँ संकलन गरेको छ । कर्जामा अघिल्लो वर्षको तुलनामा २४.८७ प्रतिशत बढी अर्थात् १ अर्ब ५० करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३३.०६ प्रतिशतले बढेर ८ करोड २७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ३४.०५ प्रतिशतले बढेर ६ करोड ४१ लाख रुपैयाँ पुगेको छ । बैंकले ४१ लाख रुपैयाँ प्रोभिजन राखेको जनाएको छ ।

१५.०३ प्रतिशत जोखिमयुक्त सम्पत्ति रहेको बैँकमा निष्कृय कर्जा ०.५१ प्रतिशत रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी वार्षिक २७.७४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २६.१५ गुणा, प्रतिशेयर नेटवर्थ १३२.८३ रुपैयाँ र तरलता अनुपात ४०.४४ प्रतिशत रहेको छ ।