कैलाश विकास बैंकले तेस्रो त्रैमासमा खुद मुनाफा ३१.६७ प्रतिशतले बढाएको छ । १ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैँकले २१ करोड २७ लाख रुपैयाँ कमाएको हो । गत वर्षको सोहि अवधिमा बैँकले खुद मुनाफा १६ करोड १० लाख रुपैयाँ कमाएको थियो ।
बैंकको निक्षेप २६.५७ प्रतिशतले बढेर १० अर्ब ५६ करोड ४० लाख रुपैयाँ पुगेको छ । बैँकले कर्जा लगानी २८.३६ प्रतिशतले बढाएर ९ अर्ब ३३ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । बैंकको खुद व्याज आम्दानी १७.४ प्रतिशतले बढेर ३७ करोड ४७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ३४.८० प्रतिशतले बढेर २४ करोड ४७ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ४ करोड ४४ लाख रुपैयाँ राखेको छ भने खराब कर्जा २ करोड ९ लाख रुपैयाँ उठाएको छ ।
त्यस्तै, बैंकको जोखिमयुक्त सम्पत्ति १४.९६ प्रतिशत र निष्कृय कर्जा १.५२ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी वार्षिक २५.५६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १२.९१ गुणा, प्रतिशेयर नेटवर्थ १४३.८७ रुपैयाँ र तरलता अनुपात २४.२० प्रतिशत रहेको छ ।