Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

स्वीफ्ट ह्याक गरेर स्थानान्तरण गरिएको रकमको भुक्तानी रोक्न राष्ट्र बैंकद्धारा पत्राचार

२०७४ कार्तिक ६ गते

ह्याकरले एनआइसी एशिया बैंकको स्वीफ्ट ह्याक गरी स्थानान्तरण गरिएको रकम फिर्ता गर्न नेपाल राष्ट्र बैंकले विभिन्न देशका केन्द्रीय बैंकलाई पत्राचार गरेको छ । राष्ट्र बैंकको एक टोलीले गरेको अनुसन्धानका क्रममा ह्याकरले अमेरिका, सिंगापुर, मलेसिया, जर्मन, हङकङ लगायतका देशमा रकम पठाएको पाइएपछि उक्त देशहरुका केन्द्रीय बैंकलाई यस्तो भुक्तानी रोक्न पत्राचार गरिएको हो । 

लक्ष्मीपूजाको दिन ह्याकरले स्वीफ्ट ह्याक गरी बैंकको विदेशी खातामा रहेको रकम आफ्नो खातामा सारेको थाहा पाएपछि एनआईसी एशिया बैंकले राष्ट्र बैंकलाई जानकारी गराएको थियो । बैंकको जानकारी लगत्तै राष्ट्र बैंकको टोलीले बैंकको एनआइसी एशिया बैंकमा गएर विस्तृत जानकारी लिएको थियो । 

बैंकको अन्तर्राष्ट्रिय कारोबार गर्ने प्रणाली मात्रै ह्याक भएकाले देशभित्रको कारोबार नियमित रुपमा चलिरहेको छ । ह्याक गरेर स्थानान्तरण गरिएको रकम पनि छिटै फिर्ता आउने बताइएको छ । भुक्तानी भइसकेको रकम सम्बन्धित देशको केन्द्रीय बैंकले फिर्ता गराउनेछन् भने भुक्तानी भइनसकेको रकमको भुक्तानी रोकिनेछ ।

के हो स्वीफ्ट ?
अन्तर्राराष्ट्रिय कारोबार गर्नका लागि बैंकहरुले प्रयोग गर्ने सफ्टवेरलाई स्वीफ्ट भनिन्छ । सोसाइटी फर वल्र्डवाइड इन्टर बैंक फाइनान्सियल टेलिकम्युनिकेसन अर्थात स्वीफ्ट एउटा बैंकबाट अर्को बैंकमा रकम पठाउने प्रणाली हो । सोसाइटी फर वेलफेयर अर्गनाइजेसनले बनाएको उक्त प्रणाली सुरक्षित वित्तीय कारोबारका लागि विश्वका अधिकांश बैंकहरूले प्रयोग गर्ने गर्दछन् । यो प्रणाली सुरक्षित मानिने भएकाले बैंकहरुले रकम स्थानान्तरणका लागि अर्डर पठाउन यसको प्रयोग गर्दै आएका छन् ।