May 3rd, 2016

नाफा बढाउँदै साना किसान विकास बैँक

sana kisanसाना किसान विकास बैंकले तेस्रो त्रैमासमा खुद मुनाफा ३९.७६ प्रतिशतले वृद्धि गरेको छ । ४०  करोड २४  लाख  रुपैयाँ चुक्ता पुँजी भएको बैँक १६ करोड १० लाख रुपैयाँ कमाउन सफल भएको हो । गत वर्षको सोहि अवधिमा बैँकले ११ करोड ५२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी १९.८२ प्रतिशतले बढेर ५२ करोड ६८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३९.७६ प्रतिशतले बढेर २५ करोड ३१ लाख ५ हजार रुपैयाँ पुगेको छ । ८६ करोड २ लाख ९६ हजार रुपैयाँ जगेडा कोषमा राखेको बैँकले कर्जातर्फ ९ अर्ब ७५ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ६२.२९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ३ सय ६६.२५ रुपैयाँ रहेको छ । बैंकको निस्कृय कर्जा ०.१३ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति ११.५१ प्रतिशत रहेको छ ।