सिभिल बैंक लिमिटेडले मुद्दति निक्षेपमा दिने व्याजदर बढाएको छ । बैँकले ७३ दिने मुद्दतिमा ६.२० प्रतिशत व्याज दिने भएको हो । यो व्याजदर हालको औसत दर भन्दा बढी हो ।
ग्राहकले यो मुद्दति खातामा न्युनतम पाँच लाख रुपैयाँ राख्नुपर्ने छ । निक्षेपको व्याजदर निकै न्युन भएको यो अवस्थामा बैंकले नयाँ वर्षको अवसरमा आकर्षक व्याजदर घोषणा गरेको जनाएको छ । यो योजनाबाट निक्षेपकर्ताहरु लाभान्वित हुने अपेक्षा बैँकको छ । सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा पनि थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने बताएको छ ।
बैंकको हालको चुक्ता पूँजी तीन अर्ब १० करोड, निक्षेप २९ अर्ब २० करोड, कर्जा २५ अर्ब २० करोड र कूल सम्पत्ति ३३ अर्ब ३७ करोड रहेको छ । बैंकका हाल ४२ वटा शाखा छन् । इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स कम्पनी यो बैंकसँग गाभिने प्रक्रियामा छ ।