रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको पाचौँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । संस्थाको अध्यक्ष बुद्धि अकेलाको सभाअध्यक्षतामा सञ्चालन भएको सभामा आ.व. २०७३।७४ सम्ममा संस्थाले २५ वटा शाखाहरुमार्फत २० हजार आठ सय ५८ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको जानकारी दिइयो । १५ जिल्ला कार्यक्षेत्र भएको संस्थाले १६ करोड ३४ लाख रुपैयाँ बचत संकलन गरी ४४ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी गरेको समेत सभामा जानकारी गराइयो ।
लमजुङको बेसिसहरमा केन्द्रीय कार्यालय रहेको माइक्रोफाइनान्सको उक्त साधारणसभाले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको २० प्रतिशतले हुने एक करोड १३ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
ग्लोबल आईएमई बैक लि. को सहायक कम्पनीको रुपमा सञ्चालनमा रहेको यस वित्तीय संस्थाको यस पाँचौ साधारण सभाले संस्थाको नाम परिवर्तन गरि ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था लि. नाम राख्ने प्रस्ताव समेत सर्वसम्मतीले पास गरेको छ । त्यस्तै, संस्थाको कार्यक्षेत्र १५ जिल्लामा ३० जिल्ला थप गरि ४५ जिल्लाको वित्तीय संस्था वनाउने प्रस्ताव तथा अधिकृत पूँजी रु.१० करोडवाट वृद्धि गरि २० करोड बनाउने प्रस्ताव समेत सभाले पास गरेको कम्पनी सचिव किरण कुँवरले बताए ।