नेपाल इन्भेष्टमेन्ट बैंकले खुद मुनाफा अघिल्लो वर्षको तुलना भन्दा १९.९० प्रतिशतले वृद्धि गरेको छ । बैँकले आर्थिक वर्ष २०७२÷७३ को तेस्रो त्रैमासमा १ अर्ब ८३ करोड रुपैयाँ कमाउन सफल भएको छ । ७ अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले अघिल्लो वर्ष सोहि अवधिमा १ अर्ब ५२ करोड ७९ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
बैंकले निक्षेपमा अघिल्लो वर्षको तुलनामा ३८.२७ प्रतिशत वृद्धि गरी १ खर्ब १२ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ संकलन गरी कर्जामा ८४ अर्ब ३७ करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा २२.६१ प्रतिशतले बढेर २ अर्ब ७० करोड ८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन मुनाफा ३२.७६ प्रतिशतले वृद्धि गरी २ अर्ब ४३ करोड ५१ लाख रुपैयाँ रहेको छ । बैंकले प्रोभिजनमा ४८ करोड ७२ लाख रुपैयाँ नकारात्मक रहेको देखिन्छ भने खराब कर्जा ४२ करोड रुपैयाँ उठाएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको वार्षिक प्रति शेयर आम्दानी ३३.६७ रुपैयाँ, मुल्य आम्दानीको वार्षिक अनुपात ३२.६४ गुणा, प्रतिशेयर नेटवर्थ २३५.६३ रुपैयाँ रहेको छ । निष्कृय कर्जातर्फ ०.५ प्रतिशत घटेर ०.७८ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पति ४ दशमलव २४ प्रतिशतले बढेर १६.१२ प्रतिशत पुगेको छ ।