२०७४ आश्विन २९ गते

सूर्योदय लघुवित्तका सेयरधनीले पाउने भए २० प्रतिशत लाभांश

सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले २० प्रतिशत लाभांश पाउने भएका छन् । संस्थाको शनिबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगमी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् र 

हाल सूर्योदय लघुवित्तको चुक्तापूँजी चार करोड रुपैयाँ छ । संस्थाले चार करोडको १९ प्रतिशत हुन आउने ७६ लाख रुपैयाँ बराबरको बोनस सेयर र चार लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । जसपश्चात् लघुवित्तको चुक्तापूँजी चार करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।

स्याङजामा प्रधान कार्यालय रहेको लघुवित्तले १० जिल्लामा ३० शाखा कार्यालय मार्फत वित्तिय सेवा प्रदान गर्दे आईरहेको छ ।