May 2nd, 2016

नबिल बैंकको नाफा २६.७४ प्रतिशतले बढ्यो

nabil-bankनबिल बैंकले चालु आर्थिक वर्ष २०७२/७३ को तेस्रो त्रैमासमा खुद मुनाफा अघिल्लो वर्ष भन्दा २६.७४ प्रतिशतले वृद्धि गरेको छ । ४ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले २ अर्ब ५ करोड २३ लाख रुपैयाँ कमाउन सफल भएको हो । बैंकले अघिल्लो वर्ष सोहि अवधिमा १ अर्ब ६१ करोड १९ लाख रुपैयाँ कमाएको थियो । 

बैंकले निक्षेपमा अघिल्लो वर्षको भन्दा २४.१७ प्रतिशतले वृद्धि गरी १ खर्ब १३ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ संकलन गरी कर्जा तर्फमा ७० अर्ब ७४ लाख रुपैयाँ लगानी गरेकोे छ । जुन अघिल्लो वर्षको तुलनामा ६.०६ प्रतिशतले बढि हो । बैंककोे कर्जा लगानी गरी खुद व्याज आम्दानीमा अघिल्लो वर्षको भन्दा १३.८३ प्रतिशतले बढेर ३ अर्ब ३ करोड ६२ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकको सञ्चालन मुनाफा अघिल्लो बर्षको भन्दा २१ दशमलव २८ प्रतिशतले वृद्धि गरी ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा ३७ लाख रुपैयाँ राखेको छ भने ११ करोड ३१ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । 

नबिल बैंकको तेस्रो त्रैमासमा प्रति शेयर आम्दानी वार्षिक ५८.११ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात वार्षिक ३६.०२ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ २ सय ४३ रुपैयाँ रहेको बैँकमा जोखिमयुक्त सम्पति १.०४ प्रतिशतले बढेर १२.७५ प्रतिशत पुगेको छ । त्यस्तै, निष्कृय कर्जातर्फ ०.५६ प्रतिशतले घटेर २.४३ प्रतिशत पुगेको छ ।