Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आर्थिक समृद्धि लघुवित्तले २५ प्रतिशत हकप्रद सेयर दिने

२०७४ आश्विन २७ गते
सेयर:

आर्थिक समृद्धि लघुवित्त संस्था लिमिटेडले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । संस्थाको पहिलो बार्षिक साधारणसभाले संस्थापक समूहलाई २५ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको हो । तनहुँको भानु–१ मा केन्द्रीय कार्यालय रहेको कम्पनीको चुक्ता पूँजी दुई करोड ४५ लाख रुपैयाँ छ । 

साधारण सभाले संचालक समितिको संरचना ९ जनाबाट घटाएर ७ मा झारेको छ । साधारणसभाले मंसीर मसान्तभित्र १० शाखा संचालन गर्ने निर्णय पनि गरेको छ ।

संस्थाले पश्चिमाञ्चलका १० जिल्लालाई कार्यक्षेत्र अनुमति साथै संचालन अनुमति प्राप्त गरेको छ ।