किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, बिजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नागबेली लघुवित्त विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि आकर्षक लाभांश घोषणा गरेको छ ।
सबैभन्दा धेरै नागबेली लघुवित्तले चुक्ता पूँजीको ४५.४७ प्रतिशत बोनस सेयर र २.५२ प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ । त्यस्तै, किसान माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी ३२ करोड २० लाख रुपैयाँको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांस दिने भएको छ । यता, बिजय लघुवित्तका सेयरधनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस पाउने भएका छन् ।


