ग्लोबल आइएमई बैंकले तनहँुको दमौलीमा नयाँ शाखा बिस्तार गरेको छ । नयाँ शाखाको उद्धघाटन नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले गरेका थिए । शाखा उद्घाटन गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले तनहुँ जिल्लामा धेरै पहिलेदेखि नै ग्लोबल आइएमई बैंकको आवश्यकता महसुस भएकोले शाखा बिस्तार गरेको बताए । उद्धघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बैंकले आवश्यकता अनुसार बैंकका शाखाहरु विस्तार गर्दै जाने बताए ।
नयाँ शाखा विस्तारसँगै ग्लोबल आइएमई बैंकको शाखा संख्या ९० पुगेको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले बिभिन्न स्थानमा शाखा कार्यालय, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । हाल बैंकको ६४ अर्ब निक्षेप, ५७ अर्ब भन्दा बढि कर्जा प्रवाह, ९० वटा शाखा, १० वटा राजश्व संकलन काउण्टर, ९५ वटा एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन भने ग्राहक संख्या ६ लाख भन्दा बढि रहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवा तथा अष्टे«लिया, मलेसिया, भारत, जापान, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।