स्वाबलम्बन विकास केन्द्रको २६औँ साधारणसभा केन्द्रको कार्यलय भवन माइतीघर हाईट, काठमाडौँमा २सम्पन्न भएको छ । स्वावलम्बन विकास केन्द्रका प्रबन्ध समितिका अध्यक्ष शंकर मान श्रेष्ठको अध्यक्षतामा आइतबार सम्पन्न भएको सो साधारणसभामा संस्थाका कार्यकारी प्रमुख शंकर नाथ कपालीले स्वागत मन्तव्य राखेका थिए ।
प्रबन्ध समितिको तर्फबाट अध्यक्ष शंकर मान श्रेष्ठले केन्द्रको आर्थिक बर्ष २०७३÷७४ को कार्य प्रगति, वित्तीय विवरण तथा आर्थिक बर्ष २०७४÷७५ को लागि प्रवन्ध समितिबाट स्वीकृत कार्यक्रमको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए । लघुवित्तको वर्तमान स्थितिबारे बोल्दै श्रेष्ठले लघुवित्त क्षेत्रले ठूलो प्रगति हासिल गरेको बताए । करीब २० लाखभन्दा बढी विपन्न परिवारलाई सेवा पुर्याउन सक्षम भएका संस्थाहरु केही वर्षदेखि लघुवित्तको उद्देश्य र मर्मबाट विचलित भएको र आपसी अस्वस्थ प्रतिस्पर्धाबाट लघुवित्तको गुणस्तरमा ह्रास आएको हुँदा सबै लघुवित्त संस्थाहरु सजग र सचेत हुन पनि उनले आग्रह गरे ।
कार्य विवरण प्रस्तुत गदै अध्यक्ष श्रेष्ठले आ.व. २०७३/७४ मा केन्द्रले लघुवित्त संस्थाका उच्च पदस्थ पदाधिकारीहरुदेखि फिल्ड र्कमचारीहरुलाई लघुवित सम्बधी विविध जानकारी उपलब्ध गराउन तालिम, गोष्ठी, सम्मेलन, राष्ट्रिय तथा अन्तराष्ट्रिय अध्ययन अवलोकन भम्रण लगायतको आयोजन ागर्ने गरेको बताए । उनका अनुसार, यस आर्थिक बर्षमा केन्द्रले जम्मा १८ वटा विभिन्न तालिम संचालन गरेको छ, जसबाट ४६१ जना सहभागीहरु लाभान्वित भएका छन् । यसका अलावा, ८ वटा गोष्ठी संचालनबाट जम्मा ४०९ जना सहभागीहरु लाभान्वित भएको तथा नेपाल वाहिरका विभिन्न देशको लघुवित संस्थाहरुको कार्यक्रम तथा कार्य पद्घतिबारे अध्ययन अवलोकन गराई नेपालकोे लघुवित्त कार्यक्रमलाई उत्कृष्टतातिर उन्मुख गराउने उद्देश्यले लघुवित संस्थाका पदाधिकारीहरुका लागि जम्मा ६ वटा देशमा त्यहाँको लघुवित्त प्रणालीको अध्ययन÷अवलोकन आयोजना गराएको र सो भ्रमणमा जम्मा १०१ जना लघुवित्तकर्मी सहभागी भएको जानकारी उनले दिए । साथै नेपालको लघुवित कार्यक्रम अध्ययन÷अवलोकन गर्न श्रीलंकाको विभिन्न लघुवित संस्थाहरुको एक १३ सदस्य टोलीको पनि नेपालको लघुवित्त अध्ययन भ्रमण आयोजना गरेको उनले बताए ।
गत २०७२ वैशाख महिनामा गएको विनाशकारी महाभूकम्पको कारण सिन्धुपाल्चोक जिल्लामा लघुवित्त सदस्यहरुमा परेको प्रभावबारे गरिएको अध्ययन प्रतिवेदन वेवसाईटमा प्रकाशन गर्नुका साथै नेपालमा लघुवित्त क्षेत्रमा देखा परेका समस्या तथा मुद्दाहरुको संस्थागत रुपमा अध्ययन अनुसन्धान गर्न सदस्य संस्थाहरुको सहयोग र सहभागीतामा केन्द्रले गर्न खोजेको कार्यलाई मार्गदर्शन गर्न यस आ.व. मा लघुवित्त एवं वित्तीय क्षेत्रका विज्ञहरु संलग्न हुने गरी अध्ययन अनुसन्धान उपसमिति गठन गरेको समेत श्रेष्ठले जानकारी दिए ।
सोही अवसरमा अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको केन्द्रको आ.व. २०७३।७४ को वार्षिक प्रतिवेदन तथा सोही अवधिका लेखा परिक्षण प्रतिवेदन सहितको आम्दानी तथा खर्च विवरण र वासलात छलफल स्वीकृति गरिएको छ ।



