Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर

२०७४ आश्विन २३ गते
सेयर:

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । पर्सादेखि कञ्चरपूरसम्म १५ जिल्लालाई कार्यक्षेत्र बनाएर लघुवित्त सेवा दिँदै आएको यस संस्थाले नायब प्रमुख कार्यकारी अधिकृतदेखि स्वयमसेवकसम्म गरी सात पदमा कर्मचारी माग गरेको छ । सहायक र स्वयमसेवक श्रेणीमा काम गर्नका लागि अनुभव माग गरिएको छैन । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई कात्तिक ३ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।