Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

साईन रेसुंगा डेभलपमेन्ट बैंकको शाखा विस्तार

admin २०७३ बैशाख १९ गते
सेयर:

साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले पाल्पाको तानसेन, दाङको घोराही तथा अर्घाखाँचीको खनदहमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । यो संगै बैंकको ८ जिल्लामा १९ वटा शाखा कार्यालय, दुईवटा एक्सटेन्सन काउन्टर पुगेको जनाएको छ । चुक्ता पुँजी ८० करोड ४१ लाख रुपैयाँ पुगेको यस बैंकको चैत मसान्तसम्ममा निक्षेप परिचालन सात अर्ब २५ करोड, कर्जा लगानी ६ अर्ब ५३ करोड र सञ्चालन मुनाफा २९ करोड ५४ लाख रहेको बैंकले जनाएको छ । प्युठानको बिजुवारमा केन्द्रीय कार्यालय रहेको गौमुखी बिकास बैंक लिमिटेडसँगको मर्जर प्रकृया अन्तिम चरणमा पुगेको पनि बैंकले जानकारी दिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।