रुरल माइक्रोफाईनान्स डेभलपमेन्ट सेन्टर (आरएमडिसी)का सेयरधनीले २० प्रतिशत लाभांश पाउने भएका छन् । माइक्रोफाइनान्सको शुक्रबार बसेको संचालक समितिको बैठकले गत वर्षको कमाईबाट पाँच प्रतिच बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ६९ करोड रुपैयाँ छ । गत बर्ष कम्पनीले २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।


