Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेरुडे लघुवित्तका सेयरधनीले कति पाउने भए लाभांश ?

२०७४ आश्विन १८ गते
सेयर:

नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले २०.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको मंगलबार बसेको संचालक समितिको बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई उक्त अनुपातमा लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 

हाल नेरुडे लघुवित्तको चुक्तापुँजी ३० करोड ६० लाख रुपैयाँ रहेको छ । १३ प्रतिशत बोनस सेयर वितरण गरेपछि नेरुडेको चुक्तापुँजी ३४ करोड ५७ लाख रुपैयाँ पुग्नेछ ।