आईएमई र जापानस्थित क्योदाई रेमिटेन्सको सहकार्यमा जापानमा रहेका नेपालीहरुका लागि ल्याइएको उपहार योजनाको चौथो हप्ताको विजेता घोषणा हुन लाग्दै गर्दा प्रथम विजेता कान्साइको क्योटोमा अध्यनरत बिजय श्रेष्ठले आज क्योदाई रेमिट्यान्स ओसाकाको नामबा स्थित कार्यालयमा एक कार्यक्रमका बीच नेपाल आउने जाने टिकेट बुझेका छन् । आइएमई टिकेट परेको अवधिबाट एक बर्षभित्र आफ्नो सुविधा अनुसार मिति तय गरेर आवत जावत गर्न पाउने भएको र आफ्नो ग्राहकहरुको लागि यस्तो लाभदायी योजना ल्याएकोमा क्योदाई रेमिटेन्स र आईएमईप्रति अत्यन्त कृतज्ञ रहेको टिकट विजेता श्रेष्ठले बताए ।
क्योदाई रेमिटेन्सले जापानमा बस्ने नेपालीहरुका लागि ‘घर जाने हर्ष’ योजना अन्तर्गत जापानस्थित क्योदाईको कान्साइको ओसाकास्थित शाखाबाट ट्रान्जेक्शन नम्बर ९४९६६३४७५८९ मा नेपाली रुपैयाँ १००,००० पठाएका बिजय श्रेष्ठले जापान–नेपालका लागि एउटा राउण्ड ट्रीप हवाई टिकट अन्तर्गत सबैभन्दा पहिलो टिकट प्राप्त गरेका थिए । आईएमई लिमिटेडले क्योदाई रेमिटेन्स, जापानसँगको सहकार्यमा नेपाली नव वर्ष २०७३ को उपलक्ष्यमा आफ्ना सेवाग्राहीहरुका लागि अप्रिल १ देखी लागु हुने गरी ३ महिने योजना ल्याएको हो । क्योदाई जापान र आईएमई लिमिटेडले हरेक हप्ता सफ्टवेर पद्वातिमा आधारित गोलाप्रथाबाट उक्त नतिजा सार्वजनिक गर्दै आएको छ ।