कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले बेदकोट नगरपालिकाको दैजीबजारमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । शुक्रबार सो शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रुत थापाले गरे ।
कञ्चनपूर जिल्लाको महेन्द्रनगरमा प्रधान कार्यालय रहेको यस विकास बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क्षेत्रिय स्तरको विकास बैक हो । यस बिकास बैंकले कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लालाई कार्यक्षेत्र बनाई २०६६ साल देखि बैँकिङ सेवा प्रदान गर्दै आइरहेको छ । यस विकास बैंकले विभिन्न किसिमका निक्षेप योजनाहरुका साथै ऋण योजना आफ्ना ग्राहकहरुसमक्ष ल्याई सेवा प्रदान गर्दै आईरहेको छ । साथै आप्mना ग्राहकहरुको लागी ए.टि.एम. र मोबाइल बैंकिङ्ग सेवा समेत सुरुचारु गरिसकेको छ ।
१९ करोड ८० लाख चुक्तापूँजी रहेको डेभलपमेण्ट बैंकले चालु आ.व.को तेस्रो त्रैमासमा १ अर्ब ७० करोड ९५ लाख ७९ हजार निक्षेप संकलन गरेको र कर्जा तर्फ १ अर्ब ५० करोड ८१ लाख १३ हजार लगानी गरेको छ । सोही अवधिमा ५ करोड २९ लाख रुपैँया संचालन मुनाफा कमाउन बैँक सफल भएको छ ।
बेलौरी नगरपालिकाको बेलौरी बजार र बेलडाँडी नगरपालिकाको चौवन्नीबजार यसै बर्षको जेष्ठ मसान्तभित्रै दुई ओटा शाखा संचालनमा ल्याउने योजना रहेको कञ्चन डेभलपमेन्ट बैँकका सीईओ बिरु राम जैशीले बताए ।