बैंकिङ क्षेत्रमा पछिल्लो समय कर्मचारी युनियन मौलाउँदै गएका छन् । कर्मचारीको हकहितका लागि भन्दै बैंकमा यस्ता किसिमका युनियनहरु गठन हुन थालेका हुन् । २८ वाणिज्य बैंकहरुमध्ये हालसम्म २० वटा वाणिज्य बैंकहरुमा कर्मचारी युनियन गठन भएका छन् । हाल ८ वटा वाणिज्य बैंकमा भने कर्मचारी युनियनहरु छैनन् । कर्मचारी युनियन नभएका कतिपय बैंकहरुमा युनियन गठनका लागि प्रक्रिया चले पनि व्यवस्थापनका ठूला कर्मचारी तथा बैंक सञ्चालकको दवावमा गठन हुन सकेको छैन । यस्तै मध्यमा एक बैंकका प्रमुख कार्यकारी अधिकृत सहितले युनियन गठन गरे बर्खास्थ गर्ने चेतावनि दिएपछि कर्मचारीहरु निरास भएका छन् । त्यसो त अन्य ८ वटा बैंकहरुमा युनियन गठन भएका छैनन् । हालसम्म कर्मचारी युनियन गठन नभएका बैंकहरुम सनराइज बैंक, एनएमबी बैंक, सेन्चुरी बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स इन्टनेशनल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक र सानिमा बैंक छन् ।
एनआरएनएको लगानी रहेको सानिमा बैंकमा कर्मचारीको हकहितका लागि युनियन गडठनको प्रकृयामा रहेका कर्मचारीमाथि बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले युनियन गरे बर्खास्थ गर्ने चेतावनि दिएको बेंकका कर्मचारीहरुको दावी छ । उनीहरुका अनुसार युनियन गठन गर्ने अन्तिम तयारी भएपनि बैंकका सिइओ दाहालको ठाडो हस्तक्षेपले असफल भएको छ । कर्मचारीले यसबारे आफ्नो नाम नलेख्ने सर्तमा विभिन्न गुनासा गरेका छन् । उनीहरुले यो कुरा बाहिर ल्याए जागीरबाट बर्खास्थ गर्ने धम्कि आएको भन्दै बैंकिङ खबरसँग प्रजातान्त्रिक अधिकार खोसिएको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृत लगायतका केही माथिल्लो तहका कर्मचारीसँग आपत्ति जनाएका छन् । ‘हाम्रो प्रजातान्त्रिक अधिकार खोसिएको छ, युनियन गठन गर्नबाट हामीलाई बंचित गरियो’ एक कर्मचारीले बैंकिङ खबरसँग भने ।


