April 28th, 2016

एनएमबि बैंकको कर्पोरेट क्याम्पेन सुरु 

nmb bankएनएमबि बैंकले आत्मनिर्भर नेपालको साथमा एनएमबि बैंक भन्ने नारासहित आफ्नो कर्पोरेट क्याम्पेन सुरु गरेको छ । क्याम्पेनको मुख्य उद्देश्य आत्मनिर्भर नेपालका लागि विभिन्न व्यक्ति, क्षेत्र र बेंकले पुर्याएको योगदानको कदर गर्नु रहेको बैंकले जनाएको छ । त्यस्तै भूकम्प र नाकाबन्दीले अर्थतन्त्रमा पुगेको असरबाट उब्जेको आत्मनिर्भरताको सकारात्मक ऊर्जाको प्रचारप्रसार गर्नु रहेको बैंकद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

एनएमबिले ६९ शाखा, ४८ एटीएम र सात एक्सटेन्सन काउन्टरबाट आत्मनिर्भर नेपाल, आर्थिक समृद्धि एवम प्रगतिको मार्गचित्र अनुरुप कृषि, सौर्याऊर्जा, साना तथा मझौला उद्यम कर्जा रिटेललगायत क्षेत्रमा बैंकिङ सेवा पुर्याउँदै सेवा पुर्याउँदै आएको विज्ञप्तिमा जनाएको छ ।