April 28th, 2016

एभरेष्ट बैंक र मेटलाईफबीच बैंकासुरेन्स सम्झौता 

everest metlifeएभरेष्ट बैंक र मेटलाईफ नेपालबीच बैंक–इन्स्युरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एके अहलुवालिया र मेटलाईफ नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एम अलाउदिन अहमद्ले हस्ताक्षर गरे । 

सम्झौताअनुसार अब एभरेष्ट बैंकका ग्राहकले बैंकको शाखाबाटै मेटलाईफ नेपालको बिमा सेवा पाउनेछन् । एभरेस्ट बैंकका ग्राहकले बैंकको शाखाबाटै मेटलाईफ नेपालको बिमा सेवा पाउनेछन् । 

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखा, पाँच एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर र ८४ एटीएम तथा बृहत बाह्य सञ्जालमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले एसियन पेन्टस् न्युबिज ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३’ का साथै आर्थिक वर्ष २०६८÷६९ मा वाणिज्य बैंकमध्येमा सर्वाधिक करदाताको सम्मान प्राप्त गरेको बैंकले जनाएको छ ।