April 27th, 2016

हिमायन बैँकले बाँड्यो सौर्य बत्ती र ब्ल्यांकेट

Bhalchecsrहिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत समाजिक दायित्व अन्तर्गत नुवाकोट, भाल्चे गा.वि.स. वडा नं ३,४,५,६,७,८ र ९ का करीब ८ सय ५० बासिन्दालाई सौर्य बत्ती तथा ब्ल्यांकेट प्रदान गरेको छ । यसै गरी बैंकले स्थानीय भाल्चे ४ अवस्थित जल्जु नि.मा.बि. का करीब ३ सय छात्र छात्राहरुका लागि कापी, कलम, ईरेजर, सार्पनर लगायतका शैक्षिक तथा विभिन्न खेलकुद सामग्रीहरु पनि प्रदान गरेको छ । 

हिमालयन बैंकका प्रमुख व्यवस्थापक एवं मानव संशाधन विभाग प्रमुख कपिल प्रसाद लोहनी तथा बैंकका अन्य पदाधिकारीहरुले उक्त सामाग्रीहरु भाल्चे ४ मा आयोजित एक समारोहका बीच प्रदान गरेका हुन् । सो अवसरमा स्थानीय समाजसेवी छत्र लामा, जिल्ला सहकारी संचालक संघका अध्यक्ष बीरबल लामा, सुरक्षाकर्मीहरु तथा स्थानीय बुद्धिजीवीहरुको समेत उपस्थिति थियो ।