२०७४ भाद्र १५ गते

प्रभु मनि ट्रान्सफरको दशैँ तिहार योजना, एलईडी टिभिदेखि हेलिकप्टर यात्रासम्म उपहार

प्रभु मनि ट्रान्सफरले विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि दशैतिहार लक्षित योजना सार्वजनिक गरेको छ । हिन्दुहरुको महान चाड दशै, तिहार र छठको उपलक्ष्यमा आफ्ना ग्राहक बर्गलाई लक्षित गरी प्रभु मनि ट्रान्सफरले ‘प्रभुसँग दशै, तिहार र छठको उमंग हर्षले सबै जना दंग’ नामको उपहार योजना ल्याएको हो ।

यस योजानाअन्तर्गत प्रभु मनि ट्रान्सफरबाट रकम ट्रान्सफर गर्ने आफ्ना ग्राहकहरुमध्ये लक्की ड्रबाट विजेता घोषणा गरी उपहार वितरण गरिने बताइएको छ । जसमा प्रथम हुनेलाई पुरस्कारस्वरुप एलईडी टिभि हरेक हप्ता एक जनालाई प्रदान गरिनेछ । त्यस्तै, द्धितीय पुरस्कारको रुपमा एक महिनाको रिचार्जसहितको प्रभु टिभि सेट टप बक्स हरेक दिन एक जनालाई दिइनेछ । तेश्रो पुरस्कारअन्तर्गत हरेक हप्ता दुई जनालाई स्मार्ट फोन प्रदान गरिने प्रभुले जनाएको छ । साथै बम्पर पुरस्कारमा एक भाग्यशाली ग्राहकलाई पोखरा– मुक्तिनाथ–पोखरासम्म प्रभु हेलिकप्टर मार्फत यात्रा गराउने कम्पनीको योजना छ । 

यो योजना १० सेप्टेम्बर अर्थात भदौ २५ गतेदेखि २६ अक्टोबर अर्थात कात्तिक ९ गतेसम्म कायम रहने बताइएको छ ।